पुर्व श्रीमतिलाई इच्छा विपरीत जबरजस्ती करणी बलात्कार गरेका आरोपमा इलाका प्रहरी कार्यालय, धरानले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्ने धरान १५ का बरगाछि मिलन चोक बस्ने ५२ वर्षीय भोजराज थापा  (फडिन्द्र) रहेको कार्यालयका प्रमुख डिएसपी नरेन्द्र कुँवरले जनाएका छन् । 

उनका अनुसार बिहीबार बिहान पुर्व श्रीमतीलाई करणी गरेको भन्ने किटानी उजुरीका आधारमा पक्राउ गरिएको हो । घटनाबारे छोराछोरीले पनि बयान दिएको कुँवरले बताएका छन् । 

पक्राउ गरिएका फडिन्द्रमाथि सुनसरी जिल्ल अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रियामा रहेको उनले बताएका छन् ।