सङ्खुवासभामा सामान्य विवादमा खुकुरी प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
बिहीबार साँझ चिचिला गाउँपालिका २ दिदिङका सन्तबहादुर राई र ३० वर्षीय दिनेश राई बिच सामान्य विवाद भएको थियो । बिबादका क्रममा छुट्याउन गएका सोही ठाउँका ५० वर्षीय दुर्गाबहादुर गुरुङ माथी दिनेशले खुकुरी प्रहार गर्दा गुरुङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाले जनाएको छ ।
कार्यालयका अनुसार खुकुरी प्रहारबाट गुरुङको टाउको देखी आखाकाे भागसम्म गम्भीर चोट लागेको छ भने शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले बताएको छ ।
गम्भीर घाइते भएका गुरुङको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको कार्यालयले जनाएको छ । खुकुरी प्रहार गर्ने राई फरार रहेकाले खोजी भइरहेको उक्त कार्यालय ले जनाएको छ ।