माेरङकाे सुन्दरहरैँचामा  १० बर्षीय बालिकामाथी यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । 

पक्राउ पर्नेमा नगरपालिकाकाे १२ नम्बर वडाका ४५ वर्षीय जनक चौधरी रहेकाे इलाका प्रहरी कार्यालयल विराटचाेकले जनाएकाे छ । कार्यालयका अनुसार चौधरीले ती बालिकालाई बुधबार साँझ यौन दुर्व्यवहार गरेको  भन्ने सुचनाका आधारमा कार्यालयबाट खटिएकाे प्रहरी टाेलीले बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हाे । 

पक्राउ परेका चाैधरीकाे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएकाे छ ।