पछिल्लो २४ घण्टामा थप ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
त्यस्तै, २ हजार ४५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ८५ हजार १४० जना कोरोना मुक्त भएका छन् ।
यसको संक्रमणबाट थप ३५ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ ।
यस्तै, काठमाडौं उपत्यकामा ९६१ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १५ हजार ६११ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा १० हजार ९३ जनाको पिसिआर र ५ हजार ५१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।