श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल फागुन २४ गते शनिबार, ८ मार्च २०२५, कालयुक्तनाम संवत्सर। फाल्गुण शुक्लपक्षको नवमी तिथि ०८ः३२ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र आद्र्रा ११ः४३ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०६ः२० बजे र सूर्यास्त ०६ः०८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोगीहरूले साथ दिनेछन् र चिताएको काम सम्पादन हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायतर्फ पहिलेको उपलब्धिले थप काम गर्न हौसला मिल्नेछ। आज नयाँ जिम्मेवारीसमेत बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले व्यक्तित्व निखार्ने समय छ। दिगो योजना प्रारम्भ हुनसक्छ। व्यापारमा राम्रै फड्को मार्ने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थिति अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। गरिएको मिहिनेतले फाइदा दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तजनबाट टाढिनुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। सस्तो लाभमा लोभिँदा व्यर्थैमा खर्च हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यात्राको प्रक्रिया अघि बढ्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। दिन विशेष लाभदायी रहनेछ। पेसा र व्यवसायबाट फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफलका लागि केही समय पर्खनु पर्नेछ। अरूका लागि समय खर्च हुनसक्छ।