श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल फागुन २३ गते शुक्रबार, ७ मार्च २०२५, कालयुक्तनाम संवत्सर। फाल्गुण शुक्लपक्षको अष्टमी तिथि ०९ः३२ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र मृगशिरा ११ः४४ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि वृष, सूर्याेदय ०६ः२१ बजे र सूर्यास्त ०६ः०७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बोलीको भरमा काम बन्नेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। पराक्रमले सम्मानित स्थान दिलाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सहयोगीहरूले साथ दिनेछन् भने मिहिनेत गर्दा पछिसम्म लाभ मिल्नेछ। कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।अरूको करकापमा काम गर्न बाध्य भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फजुल खर्च बढ्नाले सञ्चित रकमसमेत खर्च हुनेछ। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गलत व्यक्तिको विश्वास गर्दा धोका हुनसक्छ। उपलब्धिका लागि मिहिनेत गर्नुपर्ला।श्रम र लगानीबाट फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आयआर्जनका स्रोत फेला पर्नेछन्। पहिले आलश्य गर्नाले काम सम्पादनमा भने धेरै समय लाग्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानी बढ्नाले आवश्यकता र सोख पूरा गर्न सकिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सरसापटमा गएको रकम हातलागी हुनेछ। धर्म–कर्ममा रुचि बढ्नेछ । दिन सामान्य रहला ।