धरान । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई९साम्पाङ० ले धरान–१८ स्थित पालिका तरकारी बजारको लागि भवन शिलान्यास गरेका छन् ।
पालिकाको आफ्नै जग्गामा तरकारी बजार नभएको भन्दै मेयर भिजन कोष अन्तर्गतको बजेटबाट उनले बिहीबार भवन शिलान्यास गरेका हुन् । तर शिलान्यासकै बेला उक्त भवन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मूलगेटभन्दा पश्चिमतर्फको बाटोको छेउमा रहेको प्रतिष्ठानको ग्रीन बेल्टक्षेत्रमा भएको भन्दै प्रतिष्ठानका रजिष्ट्रार प्रा।डा। सूर्यप्रसाद सङ्ग्रौलाले प्रतिष्ठानको क्षेत्राधिकारको जग्गा भएको भन्दै नबनाउन आग्रह गरेका छन् ।
नगर प्रमुख राईले मेयर भिजन कोषबाट ६५ लाख ७० हजार ८१ रुपैैयाँ बजेटबाट ३५ बाइ १२ को व्यवस्थित १२ कोठाको तरकारी बजारका लागि भवन शिलान्यास गरेका हुन् । निर्माणका लागि न्यू थापा निर्माण सेवा धरान–१८ लाई ठेक्का दिएको उपमहानगरले जनाएको छ । यही वैशाख २० गतेभित्र बनाइसक्ने गरी ठेक्का दिएको बताइएको छ । उक्त योजना नगरसभाबाटै पास गरेको १८ नं। वडाका अध्यक्ष नरेन्द्र राई९प्रवीण० ले जानकारी दिए ।
पालिकाको आफ्नै तरकारी बजार नभएकाले छुट्टै स्थानमा बजार बनाउन लागिएको नगरप्रमुख राईले शिलान्यासको क्रममा जानकारी दिएका छन् । उनले वालबाहिर प्रतिष्ठानको जग्गा नभएको दाबी गर्दै धरान उपमहानगरको भएको बताए । ‘प्रतिष्ठान चाहिँ नगरपालिकाको जग्गामा छ । कर्मचारीले नगर सरकारसँग विवाद गर्ने होइन । म आफै स्वास्थ्य मन्त्रीसँग कुरा गर्छु’– शिलान्यास गर्नुअघि छलफल गर्न आग्रह गर्न पुगेका प्रतिष्ठानका रजिष्ट्रार प्रा।डा। सङ्ग्रौलालाई नगर प्रमुखले भने ।
प्रा।डा। सङ्ग्रौलाले प्रतिष्ठानको क्षेत्राधिकारभित्रको जग्गामा भवन नबनाउन बुधबार नै नगर प्रमुखलाई पत्र दिए पनि जबर्जस्ती शिलान्यास गरेको सङ्ग्रौलाले बताए । ‘प्रतिष्ठानको ग्रीन बेल्ट क्षेत्रमा भएका कारण आफूले नगर प्रमुखज्यूलाई छलफल गरेर काम गरौं भनेर फोन गरे तर उहाँले वालबाहिर गरेको हो, भित्र तपाईंहरूको हो । म सरकार हो भन्दै फोन राखिदिनुभयो’ प्रा।डा। सङ्ग्रौलाले ब्लाष्टसँग भने, ‘तपाईं सरकार हो, हामी संस्था हौं । छलफल गरेर काम गरौं भनेर भनेको मान्नुभएन । छलफलका लागि पत्र नै काटेँ तर छलफलमा आउन चाहनु भएन ।’ धरान उपमहानगरपालिका र प्रतिष्ठान दुवै सार्वजनिक संस्था भएको हुँदा दुवै संस्थाले आपसी छलफल र सहमतिमा जनहितको कार्य गर्दा उचित हुने व्यहोरा अनुरोध गरी पत्राचार गरिएको समेत उनले बताए ।
शिलान्यास भइरहेको भन्ने सूचना पाएर केही कर्मचारीका साथ सङ्ग्रौला उक्त स्थानमा पुगेर पुनः आग्रहसमेत गरेका थिए । तर नगर प्रमुख राईले ‘सरकारसँग यसरी कर्मचारी बोल्ने होइन, म स्वास्थ्यमन्त्रीसँग कुरा गर्छु, तपाईं जानुहोस्’ भन्दै पठाएका थिए । आफूले अनुरोध मात्र गरेको तर प्रमुखले ठाडो भाषामा जवाफ दिएको उनले गुनासो गरे । यस विषयमा शुक्रबार बिहान ८ बजे पदाधिकारी, विभागीय प्रमुख, चिकित्सक, कर्मचारी, शिक्षक विद्यार्थीहरूको आकस्मिक भेला बोलाएको उनले जानकारी दिए । प्रतिष्ठान छलफल गरेर कानूनी प्रक्रियामा जानेसमेत उनले बताए ।
प्रतिष्ठान, धरानलाई तत्कालीन पूर्वाञ्चल क्षेत्रीय अस्पतालले चर्चेको जग्गा नेपाल सरकारको प।सं। ०५०÷५१, च।नं। ३०५३ मार्फत् मिति २०५०÷०३÷१६ को निर्णय बमोजिम कित्ता नं। १ देखि ११ सम्मको क्षेत्रफल २८२ बिघा १ कठ्ठा ३ धुर जमिनको पूर्वतर्फ वडा नं। १९ को खोल्सीधारा लाइन, पश्चिमतर्फ वडा नं। १७ को देवीथान टोल, खहरे खोल्सा र जङ्गल, उत्तरतर्फ वडा नं। १८ को शिवमार्ग, कुम्फुटोल, वडा नं। १७ को बीच घोपा लाइन र दक्षिणतर्फ सार्वजनिक जङ्गल सिमाना तोकी उक्त जग्गा रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले मूल गेटबाट पूर्व तथा पश्चिम–दक्षिणतर्फ बाउन्ड्री वाल निर्माण गर्दा पेरिफेरल रोड, ड्रेन तथा ग्रीन बेल्टको क्षेत्रलाई छोडेर मात्र अस्पतालको बाउन्ड्री वाल तयार गरिएको प्रष्ट पारेको छ । यसको कारण प्रतिष्ठानमा भविष्यमा हुने निर्माण, अस्पताल क्षेत्रको वरिपरि राख्नु पर्ने हरित वातावरणीय अवस्था तथा भैपरी आउन सक्ने विपत्ति, प्रकोप तथा आपतविपद्को अवस्थामा रहनुपर्ने आवश्यक खुल्ला क्षेत्रको मापदण्डलाई मध्यनजर गरी उक्त क्षेत्रमा प्रतिष्ठानले हालसम्म कुनै पनि संरचना निर्माण नगरेको सङ्ग्रौलाले बिहीबार अपिल जारी गरी जनाएका छन् ।
‘प्रतिष्ठान धरानकै सम्पत्ति हो । यसको संरक्षण तथा सम्बद्र्धन गर्नु धरान उपमहानगरपालिकाको पनि प्रथम दायित्व हुन आउँछ । प्रतिष्ठान धरान उपमहानगरपालिका तथा यस क्षेत्रका जनताको उन्नति र विकासको बाधक किमार्थ होइन’अपिलमा भनिएको छ, ‘प्रतिष्ठानले केवल धरान उपमहानगरपालिकाले कुनै पनि योजना बनाई कार्य सुरु गर्नुअघि यहाँ स्थित अस्पताल क्षेत्रमा के कस्तो असर पर्छ र प्रतिष्ठानको विकासमा भविष्यमा बाधा पुग्छ कि पुग्दैन भन्नेबारे छलफल गरी सम्बद्ध निकायहरूबीच समन्वय गरेर मात्र अगाडि बढौं भनी जनताको स्वास्थ्य उपचार सेवालाई विचार गर्दै अनुरोध गरेको अवगत गराउन चाहन्छौँ ।’
कुनै पनि विषयको अन्तिम निकास छलफल, संवाद र सहमतिबाटै निकाल्नु पर्दछ भन्ने मान्यता प्रतिष्ठानको रहेको उनले जनाएका छन् । नगर प्रमुख सबैको नगरपितासमेत रहने भएको हुँदा प्रतिष्ठानको ग्रीनबेल्ट क्षेत्रमा तरकारी एवम् फलफूल व्यवस्थापनका लागि भनी तत्काल शिलान्यास गरिएको भनिए तापनि सहमति एवम् सहकार्यबाटै अगाडि बढ्ने वातावरण सिर्जना गर्न उनले अपिलद्वारा आग्रह गरेका छन् ।