श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं. २०८१ साल फागुन १ गते बिहीबार, १३ फेब्रुअरी २०२५, कालयुक्तनाम संवत्सर। फाल्गुण कृष्णपक्षको प्रतिपदा तिथि २०ः३८ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र मघा २१ः२० बजेसम्म, पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः४२ बजे र सूर्यास्त १७ः५३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। प्रक्रिया नमिल्नाले कुनै काम दोहो¥याउनु पर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। नयाँ काम थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
असमझदारी बढ्नाले सम्झौता भङ्ग हुन सक्छ। फाइदाका लागि साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले मानसम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । सानो प्रयत्नले ठूलो काम बन्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्। लगनशीलताले इनाम हातपार्न सफल भइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवम् भोजभतेरको अवसर प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।