श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं.२०८१ साल माघ २९ गते मङ्गलबार, ११ फेब्रुअरी २०२५, कालयुक्तनाम संवत्सर। माघ शुक्लपक्षको चतुर्दशी तिथि १९ः१३ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र पुष्य १८ः४९ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०६ः४३ बजे र सूर्यास्त १७ः५२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको लाभांश सञ्चय नहुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। दिन सामान्य रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ। सरसापटमा धन बाहिरिन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आवश्यक पर्दा सरसापट तथा कर्जामार्फत् धन जुट्नेछ।अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगानी बढाउनुपरे पनि कर्जामार्फत् धन जुटाउन सकिनेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। दिगो काम प्रारम्भ गर्न समयले साथ दिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परोपकारी काम सम्पादन गर्न सकिनेछ। भैपरी आउने खर्चले अर्थ अभावको स्थिति रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिस्थिति अनुकूल हुनेछ र लगनशीलताले लक्ष्यमा पु¥याउनेछ। छोटो समयमै फाइदा उठाउन सकिनेछ।