देउराली । काेशी प्रदेश नामकरण विरूद्ध भएकाे प्रदर्शनमा प्रहरीकाे लाठी प्रहारबाट घाइते भएका एक जना प्रदर्शनकारीकाे मृत्यु भएकाे छ ।
गत चैत ५ गते कोशी प्रदेशको नाम खारेज गर्ने माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि भएकाे प्रदर्शनमा प्रहरी र प्रदर्शन कारी विच भएकाे झडपमा प्रहरीकाे लाठी प्रहारबाट घाइते भएका धरान १५ का ४२ वर्षीय पदमबहादुर लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शुक्रबार बिहान साढे २ बजे मृत्यु भएकाे हाे ।
पहिचानवादी दल र संस्थाहरुले गठन गरेको प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले गरेकाे प्रदर्शनमा प्रदर्शनकारीहरूले निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रदर्शन झडपमा बदलिएकाे थियाे ।
निषेधित क्षेत्रमा प्रदर्शनकारी प्रवेश गरेपछि प्रहरीले प्रदर्शनकारीलाइ लक्षित गरी अश्रुग्याँस तथा लाठी चर्ज गरेका थिए । टाउकाेमा प्रहरीकाे लाठीले लाेगका लिम्बू घरमै उपचाररत थिए । ८ गते बेलुका अचानक बेहोस भएपछि उनलाइ प्रतिष्ठान पुर्याइएकाे थियाे ।
मृतक लिम्बू लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर रहेकाे सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला अध्यक्ष अमर इजमले बताए । लिम्बुलाई शहीद घोषणा गर्दै घटनाको छानबिन गर्न प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले माग गरेको छ ।