भद्रपुर । आउँदै गरेको अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर झापाको एक महिला समूहले चिया वगानका महिला श्रमिकलाइ सम्मान गरेको छ । छठ महिला मञ्च विर्तामोडले भद्रपुर ७ स्थित मनोरमा चिया वगानमा कार्यरत महिला श्रमिकलाइ आइतबार दिउँसो वगानमा नै गएर सम्मान गरेको हो ।

मञ्चले तारा राजवंशी,लखी सोरेन,शारदा राइ,तारा मुर्मु लगायत २७ जना महिलालाइ साडी,फलफुल लगायतका सामग्री प्रदान गरेको थियो । कार्यक्रममका प्रमुख अतिथि भद्रपुर नगरकी उपप्रमुख राधा कार्की, मञ्चका पदाधिकारी, अतिथि लगायतले महिलालाइ सम्मान गरेका थिए ।

अहिलेसम्म कुनै मान्छेले सम्मान नगरेको लखी सोरेनले बताइन् । साडी तथा फलफुल पाएकोमा धेरै खुसी लागेको उनले जनाइन् । लखी जस्तै सम्मान पाउँने अन्य महिलाहरु पनि धेरै खुसी देखिएका थिए । 

 ८ मार्चमा मनाइने ११३ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको नाममा होटल तथा सभाहलमा मनाउने थितिलाइ अन्त्य गर्दै खास श्रमिकलाइ सम्मान होस भन्ने उद्देश्यले चिया बगानमा नै कार्यक्रम राखिएको मञ्चकी अध्यक्ष हेमलता चौधरीले बताइन् । झापामा पछाडि परेका श्रमिक महिलालाइ मञ्चले विभिन्न उपलब्धीमूलक सेवा दिदै आइरहेको उनले उल्लेख गरिन् ।

 महिलाको हक अधिकार कागजमा नभइ व्यवहारमा हुन जरुरी रहेको मञ्चकी बरिष्ठ उपाध्यक्ष सङगीता रौनियारले बताइन् । कार्यस्थलमा नै गएर सकेको सहयोग र महिला सम्मान गर्दै आइरहेको उनले जनाइन् । महिलाको हक अधिकार कागजमा मात्र सिमीत गरिएको नगर उपप्रमुख कार्कीले बताइन् । पुरुष भन्दा महिलाको जिम्मेवारी बढी भएको उनको भनाइ थियो । 

वरिष्ठ उपाध्यक्ष निसा गुप्ताले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि उमा शाहले प्रष्ट पारेकी थिइन् । महासचिव मनिषा कर्णले सञ्चालन गरेको कार्यक्रममा नेकपा माओवादी विर्तामोड नगर अध्यक्ष अरुण श्रेष्ठ ,विर्ता जेसिजका अध्यक्ष घनश्याम चौधरीले स्वागत मन्तव्य राखेको कार्यक्रममा अखिल नेपाल ट्रेड यूनियन महासङ्घकी अध्यक्ष सीता सापकोटाले सहजीकरण गरेकी थिइन् ।