नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धरानको खानेपानी समस्या समाधान गर्न नेकपा एमाले मात्रै सक्षम रहेको बताए ।
आज धरानमा भएको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले धरानको प्रमुख समस्याको रुपमा रहेको खानेपानीलाई दिर्घकालिन समाधान गर्न एमालेको सरकार बन्नुपर्ने बताएका छन्। उनले धरानलाई खानेपानीको व्यवस्था सप्तकोशीको पानी पम्प गरेर वा लेउती सुरुङ बनाएर गर्ने बताए ।
धरानकाे ५ नम्बर वडाको देउरालीको वस्तीलाई खोलाबाट जोगाउन बलियो तटबन्धन निर्माण गर्ने र अव्यवस्थित बसोबासीलाई धनिपूर्जा दिइने बताए । नेकपा एमाले र जसपाको तालमेल भएको हुनाले अशोक राईलाई एमालेले भोट दिनुपर्ने बताएका छन् ।
नेकपा एमालेले अघि सारेको उम्मेदवारलाई जिताएर पठाउनुपर्ने भन्दै राष्ट्रिय आवश्यकताका लागी तालमेल गरिएको बताए । उनले स्वतन्त्रको नाममा देशमा अराजकता बढ्दै गएको तथा देशी विदेशी शक्तिहरुले विभिन्न नाममा चलखेल गरिरहेकोले जनता चनाखो हुनुपर्ने समेत बताए ।