धरान । एकीकृत सरकारी सङ्गठन नेपालको तेस्रो स्थापना दिवसको अवसरमा विचार गोष्ठीको आयोजना गरेको छ ।
झापाको भद्रपुरमा आयोजित गोष्ठीमा सङ्घीयतामा सार्वजनिक सेवा प्रवाहको अपेक्षा र समीक्षा विषयमा छलफल भएको थियो । उक्त विषयमा सङ्गठनका महासचिव प्रकाश राईले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमाथि टिप्पणी कोशी प्रदेश सभा सदस्य खिनु लङ्वा लिम्बू, नेकपा(एस) का झापा इन्चार्ज पुष्प पोखरेल, झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंलगायतले गरे । कार्यक्रममा हालसालै सेवानिवृत्त अग्रज सङ्गठकहरू बलराम पराजुली र रामप्रसाद पोखरेललाई सम्मानसमेत गरिएको थियो ।
सङ्गठनका केन्द्रीय अध्यक्ष यामबहादुर खत्रीको अध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राई रहेका थिए ।