धरान/धरान उपमहानगरपालिका ११ घर भई हाल हङ्कङ बस्दै आएका व्यवसायी टङ्क राना मगर हङकङ सरकारको सल्लाहकारमा नियुक्त भएका छन् । 

उनी हङ्कङ नेपाली महासङ्घका पूर्व अध्यक्षसमेत हुन् । उनी पछिल्लो एक महिनामा तीन वटा महत्त्वपूर्ण पदमा नियुक्त भएका हुन् । व्यवसायी रानालाई राष्टिूय सुरक्षाको क्षेत्रीय सल्लाहकार पदमा गत साता नियुक्त गरेको थियो । हङकङ सरकारको आपत्कालीन स्वयम् सेवक टोलीमा बसेर काम गर्दै आएका थिए ।

हङकङको सुरक्षा सचिवालय र गृह तथा युवा मामिला विभागले याय चि मोङ्गमा आयोजित कार्यक्रममा उनलाई राष्टिूय सुरक्षा क्षेत्रीय सल्लाहकारको रूपमा नियुक्त गरेको हो । उनी विगत तीन दशकदेखि हङकङमा बस्दै आएका छन् । उनले पु¥याएको योगदान, सामाजिक सेवा र चिनियाँ भाषा प्रशिक्षणमा सफल भए पछि रानालाई सरकारले सल्लाहकारमा नियुक्त गरेको हो । 

 कोभिड १९ को बेला हङकङमा मास्क अभाव भएका बेला नेपालबाट मास्क मगाई हजारौ हङकङवासीलाई निःशुल्क रुपमा वितरण गरेका थिए । दोस्रो लहरमा नेपालमा अक्सिजन अभाव भएपछि हङ्गकङ्गका दाताहरुबाट संकलन गरी २ सय थान अक्सिजन कन्सन्टेटर ग्रामीण क्षेत्रहरुमा वितरण गरेका थिए ।

‘यो नियुक्ति मेरा लागि सरप्राइज जस्तै भयो । हङकङमा बस्ने कमै मात्र अल्पसङ्ख्यक समुदायले यस्तो नियुक्ति पाउने गरेको छ । यसले आफूमा जिम्मेवारी थपिएको महसुस गरेको छु’ उनले भने । यसै साता रानालाई याउमा तेई काईफोङ संघले आफनो ७५ औ वार्षिकोत्सवको अवसरमा संघको संचालक समितिको सदस्यमा मनोनित गरेको छ । याउमा तेई काइफोडग संघ हङ्गङ्गकको पुरानो र प्रतिष्ठित सामाजिक संस्था मानिन्छ । 

रानालाई यसअघि नेपाल सरकारले पनि  सामाजिक सेवा पदकवाट सम्मानित गरी सकेको छ भने हङ्गकङ्ग सरकारले पनि एक्टीभ कमेण्डेसन सर्भिस अवार्डवाट सम्मानित गरी सकेको छ । यसै गरी नेपालीहरुले ५ वर्ष अधि स्थापना गरेको अटिजम (अपाङ्ग ) वालवालिक लाई निशुल्क सेवा दिने कृति वालवालिका सुधार केन्दको निर्देशकको पदमा  जिम्मेवारी पाएका छन् ।

सो संस्थामा संस्थाकी संस्थापक निर्देशक धरान १० कि समाजसेवी पुष्पा गुरुड,सह संस्थापक ड.ा दिव्या गुरुड, सह संस्थापक करिस्मा राई,  अर्की सह संस्थापक अश्मी घण्डे रहेका छन् ।