श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं. २०८१ साल चैत १७ गते आइतबार, ३० मार्च २०२५, कालयुक्तनाम संवत्सर। चैत्र शुक्लपक्षको प्रतिपदा तिथि ०१ः०६ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र रेवती ०४ः४९ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्याेदय ०५ः५६ बजे र सूर्यास्त ०६ः२०.बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
श्रमको उचित मूल्याङ्कन हुनेछ। साँझदेखि सरसापटमा सञ्चित धन बाहिरिने सम्भावना छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
महŒवाकाङ्क्षाले केही समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला।आँटले काम लिन नसक्दा केही पछि परिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तालमेल नमिल्दा योजना अधुरै रहनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। गुमेको स्थान प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रियजनसँग भेटघाट हुनेछ। विचार नमिल्नाले आफ्नैसँग विवाद हुनसक्छ। प्रेमको बन्धन कमजोर बन्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नोकरी वा पेसामा अधिकारीहरूबाट प्रशंसा पाइएला । रुचिको कार्य हात लाग्नाले उत्साह बढ्नेछ ।