संखुवासभाको खाँदबारीमा हत्या अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा  नगरपालिकाको ११ नम्बर वडाका २७ वर्षीय जीवन दर्जी  रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

कार्यालयका अनुसार पौष ४ गते  दर्जी र सोही स्थानका ३० बर्षिय  चन्द्र बहादुर दर्जी बिच मादक पदार्थ सेवन गरी आपसमा झै झगडा गरी  कुटपिट हुदा सोही कुटपिटका कारण चन्द्र बहादुर  घाइते भएका थिए  । 

घाइते चन्द्र बहादुरको जिल्ला अस्पताल संखुवासभामा उपचारको क्रममा पौष ५ गते मृत्यु भएपछि घटनामा संलग्न दर्जीलाई पक्राउ गरी  थप अनुसन्धान कार्यालयले जनाएको छ  ।