सुनसरी । अपहरणमा परेका एक युवकलाई भारतबाट नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र सशस्त्र प्रहरीको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरण भएकै दिन बिहीबार अबेर राति उक्त युवाको उद्धार गरेर नेपाल ल्याएको बताएको छ । 

उद्धार गरिनेमा कोसी गाउँपालिका ७ हरिपुरका अन्दाजी २३ वर्षीय दिपेस सदा रहेको स्रोतले जानकारी दिए पनि प्रहरी अधिकारीबाट पुष्टि हुन बाँकी छ । स्रोतका अनुसार आर्थिक लेनदेनमा विवाद भएपछि ती युवा अपहरणमा परेका थिए । 

अपहरणमा परेका दिपेसको भारतको वीरपुर क्षेत्रबाट सकुशल उद्धार गर्दै घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।