धनकुटा । असोज ११ गते नक्कली नोटसहित पक्राउ परेका युवाहरूलाई धनकुटा प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । 

मोटरसाइकल चाँजका क्रममा दुई युवाको साथबाट एउटै नम्बर भएको १ हजार रुपैयाँको २८ वटा नक्कली नोट बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाले पत्रकार सम्मेलन गरेर नक्कली नोटको कारोबार गर्ने ६ जना गिरोहलाई सार्वजनिक गरेको छ । 

धनकुटा–९ मुलघाटमा जाँचको क्रममा दुईजनालाई नियन्त्रणमा लिएपछि केही समय अनुसन्धान गरी प्रहरीले ६ जना गिरोहलाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपककुमार रायका अनुसार हालसम्म ८ जना पक्राउ परेको बताए । पक्राउ परेकोमध्ये १ जनाको नाम सार्वजनिक गरेको छैन । 

प्ररहीका अनुसार महालक्ष्मी नगरपालिका–८ का २६ को सुमन खड्का, वडा नं. ९ का वर्ष २४ को तुलसी खवास, ताप्लेजुङ जिल्ला पाथीभरा याङ्वारक गाउँपालिका–४ घर भई हाल धनकुटा–१ हिलेका २६ वर्षीय छितेन तामाङ, २६ वर्षीय विशाल तामाङ, २४ वर्षीय सोनम तामाङ, २१ वर्षीय विकास तामाङलाई सार्वजनिक गरेको हो  । 

प्रहरीले विशाल तामाङको घरबाट पनि ५ हजार र मुलघाटमा चेकजाँचको क्रममा फ्याँकिएको अवस्थामा २ हजार गरी थप ७ हजार नक्कली नोट बरामद गरेको थियो । सोनमको घरबाट ६५ हजार बरामद भएको प्रहरीले जनाएको छ ।