मधुमल्ला । गत आइतबार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं.४ को वाइबा खोलामा अबैध रुपमा चुरेक्षत्रमा मेशिन प्रयोग गरी उत्खनन् गर्ने एक स्काभेटर र दुई टिफर जरिमाना तिरी छुटेका छन ।

बुधबार बसेको मिक्लाजुङ गाउँपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार पुनः गल्ती नदोहोर्याउने गरी चुरे क्षेत्रमा दोहन कार्यमा संलग्न एक स्काभेटर र दुई टिफरलाई जारीमान  गरी छोड्ने  निर्णय भएको मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राईले बताइन । 

सो ठाउँबाट ढुङ्गा उत्खनन् गर्ने कार्य ठेकेदार बाबुराजा खड्काले गरेको खुलेको थियो ।  स्काभेटर र टिफर प्रयाेग गरी उत्खनन् गरेका खड्काले बिहिबार मिक्लाजुङ गाउँपालिकामा एक लाख ८६ हजार एक सय पाँच रुपया जरिवान बुझाएका थिए ।

जरिवान बुझाएर स्काभेटर र टिफरहरु छुटेको मिक्लाजुङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शशी राईले बताए ।  मिक्लाजुङ गाउँपालिका वडा नं. ४ को वाइबा खोलामा भएको उत्खननले त्यस क्षेत्रमा भबिष्यमा भु–क्षयको सम्भावना बढ्न सक्ने स्थानीय डिल्ली खतिवडाले बताए ।