विराटनगर । आउँदै गरेको चाडपर्वलाई लक्षित गरि मोरङको पाँच स्थानमा यात्रु सहायक्ष कक्ष स्थापना गरि संचालनमा ल्याउने भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरसहित मोरङको विभिन्न पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरि संचालनमा ल्याउने भएको हो । 

विराटनगर बसपार्क, रानी, गछिया, उर्लाबारी र रंगेलीमा यात्रु सहायता कक्ष ६६ औं प्रहरी दिवसको अवसर पारेर आइतबार स्थापना भइ संचालनमा आउने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

पाँच स्थानमा स्थापना हुने यात्रु सहायक्ष कक्षको उद्घाटन प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरूणकुमार बिसीले गर्नेछन् । डिआइजी बिसीले उद्घाटन गरेपछि यात्रु साहतया कक्ष संचालनमा आउनेछ । यो कार्यक्रम विराटनगर बसपार्कमा राखिएको छ । 

दसैँ, तिहार र छठ पर्वलाई लाई लक्षित यात्रु सहायता कक्ष स्थापना गरेको हो । दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावनालगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिने ट्राफिक प्रहरी निरीक्षक खड्काले जानकारी दिए । 

‘विजयादशमी, दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिने भएको हो,’ उनले भने, ‘भाडामा यात्रु ठगिने, सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु राख्ने जस्ता कार्य निरुत्साहित गर्न र यात्रुलाई समस्या परेका खण्डमा सहयाता गर्न यात्रु सहायता कक्षले सहयोग गरिनेछ ।’

यात्रु सहायता कक्षमा यातायातका साधन चल्ने समयसम्म दुईजना प्रहरी रहेर यात्रुहरूलाई सेवा दिने उनले जानकारी दिए । उनका अनुसार आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता कुराहरू यात्रुहरूले सहायता कक्षमा सोध्न सक्नेछन् ।

कोभिड १९ बाट बच्न स्वास्थ्य मापदण्डको पालना गराउदै सामाजिक दुरी कायम पनि गरिने उनले बताए । यसको साथै यो वर्ष कोरोनाको महामारीको जोखिम र चुनौतीलाई मध्यनजर गर्दै प्रतिरोधको व्यवस्थापनका सुचना पनि यो कक्षबाट दिने तयारी गरिएको छ ।

त्यसैले आवतजावतको क्रममा सामाजिक दुरी कायम गर्ने, मास्कको उचित प्रयोग गर्ने र स्यनिटाइजरको प्रयोग जस्ता सुचना यो कक्षबाट प्रदान गरिने भएको छ । यी सहायता कक्षहरुमा यात्रा दूरीसहित टिकटको मूल्यको साथै कोरोना नियन्त्रणको विषयमा जानकारी पनि राखिने भएको छ ।