मोरङ। बिराटनगर महानगरपालिका १५ को २ नम्बर ढाटबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धरान-६ का २४ बर्षीय सौरभ आचार्य र उनकै भाई सौगात आचार्य रहेका छन् ।
मङ्गलबार बेलुका ५ बजे लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ब्राउनसुगर १० ग्राम १२० मिलि ग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।