इटहरी सामान्य विवादमा छुरा प्रराह गरि छिमेकीको हत्या भएको छ । 

उपमहानगरपालिका ३ सुनौलो टोलमा शुक्रबार अपरान्ह ६२ बर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ बर्षीय राजु थापालाई छुरा प्रहार गरि हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

अधिकारीले छातीमा छुरा प्रहार गरि गम्भिर घाइते भएका थापाको धरान स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ ।

 घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटि गई हत्या गर्ने देवी प्रसाद अधिकारीलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

पक्राउ परेका अधिकारी समेत घाईते भएकाले प्रहरीको निगरानीमा उपचार भईरहेको छ । घटनाबारे  कार्यालयले थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ।