पथरीशनिश्चरे / शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) ले कोरोना संक्रमणबाट समेत जोगिनका लागि मंगलबार मोरङको पथरी शनिश्चरेस्थित नगर अस्पतालका लागि ठूलो मात्रामा ५ प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
यूएनएचसीआर प्रतिनिधिले नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितलाई ६ हजार २ सय ३५ थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ), ५ हजार २ सय थान एफएफपीटु ननसर्जिकल मास्क, ५ हजार थान सर्जिकल मास्क, १५ हजार थान ग्लोब हस्तान्तरण गरेका छन् । साथै १० थान अक्सिजन कन्सन्ट्रेटर पनि प्रदान भएको छ ।