नेपालमा थप तीन हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ५७३ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा तीन हजार २१८ जनाको नतिजा पोजिटिभ आएको हो ।
पछिल्लो २४ घण्टामा देशभर एक हजार ७२२ जना निको भएका छन् ।
योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
आठ हजार ८६६ नमुनाको पीसीआर परीक्षण गर्दा दुई हजार २३१ र चार हजार ७०७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९८७ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९ जनाको मृत्यु पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।