सुनसरी २ काे' क' मा एमाले नेता रेवतीरमण भण्डारी बिजयी भएका छन ।
भण्डारीले गठबन्धन तर्फका नेकपा माओेवादी केन्द्रका द्वारिकलाल चौधरीलाई पराजित गरेका हुन्। इटहरी उपमहानगरपालिकाका पूर्व नगरप्रमुख चौधरी एमालेबाटै बिद्राेह गरेर माओेवादी केन्द्रमा प्रवेश गरेका थिए । सम्पन्न मत गणना अनुसार एमालेका भण्डारीले चौधरीलाई २६८० मतले पराजित गरेका हुन् ।
भण्डारीले कुल १४ हजार ५ सय २८ मत ल्याउँदा चौधरीले ११ हजार ८ सय ४८ मत पाएका छन् ।