देउराली । प्रतिनिधिसभा सदस्यमा ताप्लेजुङबाट नेकपा एमालेका चिव योगेश भट्टराई निर्वाचित भएका छन् ।
भट्टराई नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ ले हराउँदै निर्वाचित भएका हुन् । भट्टराईले २१९४६ मत ल्याउँदा बुढाक्षेत्रीले २१७३८ मत प्राप्त गरेका छन्
२०७४ मा पनि साेही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका भट्टराई लगातार दोस्रो पटक सांसद चुनिएका हुन् । मत परिणामको औपचारिक घोषणा हुन बाँकी छ ।