देउराली ।  सुनसरीका २ निर्वाचन क्षेत्रमा एमाले, एकमा माओवादी केन्द्र र एकमा स्वतन्त्र उमेदवारको अग्रता कायमै । 

सुनसरी क्षेत्र नम्बर ३ र ४ मा एमालेका उमेदवारले अग्रता कायमै राखेका छन् भने १ मा माओवादी केन्द्र र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारको अग्रता रहेको छ । 

 क्षेत्र नम्बर १ मा धरान ७ सम्मको १५२५० मत गणना हुँदा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार मुक्साहाङ मेन्याङ्वोले ३१७५ मत प्राप्त गरेर  अग्र स्थानमा रहेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमाले जसपाका संयुक्त उम्मेदवार अशोक राईले २७६४ मत पाएर दोस्रो स्थानमा छन् ।

 त्यस्तै,  धरान उपमहानगरपालिकाको १,२  र ३ नम्बर वडाको मत गणना हरुन्जेलसम्म अग्रस्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ २४२८ मत प्राप्त गरी तेस्रो स्थानमा छिन् भने,  वडा नम्बर  १ र २ को गणना हुँदा अग्रपङ्क्ति देखिएका  राष्ट्रिय प्रजातन्त्र पार्टी हलो चुनाव चिन्हका अशोक अविरल राईले १५ ९४ मत प्राप्त गरेर पाचौँ स्थानमा  छन् ।

सुरुवाती चरण देखी नै तेस्रो स्थानमा रहेका एमालेबाट विद्रोह गरेर स्वतन्त्र उमेदवारी दिएका पूर्व मेयर मनोजकुमार मेन्याङ्बो भने १६७२ मत का साथ चौथो स्थानमा रहेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा १४९०३ मत गणना भइसक्दा सुरुवाती चरणबाटै अग्रता लिएका रास्वपाका लालविक्रम थापाले ४७८७ मत प्राप्त गरेका छन् । उनलाइ पछ्याइ रहेका एकालेका भीमप्रचाद आचार्यले ४१४७ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका छन्।  भने २८९४ मत प्राप्त गर्दै काँग्रेसका सिताराम महतो तोस्रो स्थानमा रहेका छन् । 

सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा  नेकपा एमाले उम्मेदवार भगवती चौधरीले  ३०९२ मतका साथ अग्रता कायम राखेकी छिन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले २६७९ मत ल्याएर दोसा्र स्थानमा रहेका छन् भने नेपाली काङ्ग्रेसका विजय कुमार गच्छदार १ ८८५ मत ल्याउँदै तेस्रो अवस्थामा छन् ।

क्षेत्र नम्बर ३ का ३२ वडा मध्ये इटहरी वडा नम्बर ६,७ र ८ को मत गणना भइसकेको छ भने  वडा नम्बर ९ को गणना  भइरहेका छ । सुनसरिको  निर्वाचन क्षेत्र नम्बर ४ मा पनि एमालेकै उमेदवारले अग्रता कायम गरेका छन् । १२५८६ मत गणना भइसक्दा एमालेका  जगदीशप्रसाद कुसियैतले ५५६८ मत प्राप्त गरेका छन्  भने सञ्चार मन्त्री समेत रहेका नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले ४९४९ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् ।  तेस्रो र चौथो स्थानमा क्रमशः रास्वापाका जिवनकुमार  श्रेष्ठ ६५९ मत र राप्रपाका विध्यानन्द यादव ५२४ मत प्राप्त गरेका छन् ।