धनकुटा । गठबन्धनको तर्फबाट आधिकारिक उम्मेदवार जसपाले धनकुटामा टिकट पाउनु पर्ने जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रदेश नं. १ का इञ्चार्ज रकम चेम्जोङले दावी गरेका छन् ।
प्रेस मञ्च नेपाल धनकुटा शाखाले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका जसपा नेता चेम्जोङले संघीय संसदको उम्मेदवारीको लागि जसपाको धनकुटामा बलियो दावी रहेको बताएका छन ।
धनकुटामा गठबन्धन कमजोर हुदै गएको जस्तो देखिन्छ नि भन्ने पत्रकारहरुको प्रश्नमा नेता चेम्जोङले भने– ‘धनकुटामा गठबन्धन कमजोर हैन, झन बलियो भएको छ ।’ नेता चेम्जोङले पाँच दलीय गठबन्धनले धनकुटाको हकमा संघिय संसदका लागि जसपाबाट मलाई सर्वसम्मत निर्णय गर्ने दावी गरेका छन् । उनले भने ‘गठबन्धनको कार्यदलले गरेको निर्णय न्यायपूर्ण हुने हुँदा सबैले स्वीकार गर्नेमा आफू विस्वस्त छु ।’
सत्तारुढ गठवन्धनको चुनावी तालमेलको मोडालिटी बनाउन निर्माण गरिएको कार्यदलका सदस्य समेत रहेका नेता चेम्जोङले तोकिएको समय सिमा भित्र कार्यदलले १ सय ६५ सीट बाँडफाँडको काम टुंगोमा पु¥याउने बताए । ‘कार्यदलको म्याद भाद्र १५ गते सम्मको लागि हो । यति टुंगोमा पुगेन भने बढी पाँच दिन समय थपिन्छ,’ उनले भने, ‘कार्यदलको छलफल सकारात्मक रुपले अघि बढेको छ । तोकिएको समयभित्र टुंगोमा पुगिन्छ ।’
फरक प्रसंगमा नेता चेम्जोङले नागरीकता विद्येयक बाहिर मिडियामा आएको जस्तो नभएको जिकिर गरे । नागरीकता विद्येयक गठबन्धन सरकारले कुनै नयाँ विषय उठाएको नभई पहिलेको सरकारको पालादेखि नै संसदमा विचाराधिन रहेको समेत जानकारी दिए ।
उनले नागरिक विधेयक पास गर्दा देश फिजिकरण र सिक्किमीकरण हुन्छ भन्ने हल्लाको पछि नलाग्न आम सर्वसाधरण्लाई आग्रह गरे । कुनै विदेशी महिलाको विवाह नेपालमा भएको छ भने त्यस्ता परिवार वा श्रमतीबाट जन्मिएको बालवच्चाहरुलाई आमाको नामबाट नागरिकता दिनेसम्मको जिकिर नागरिक विधेयकले गरेको नेता चेम्जोङले दावी दावी गरेका छन् । उनले स्थिर सरकार निमार्णको लागि पनि गठबन्धनको आवश्यकता रहेको र सोही बमोजिम नै गठबन्धनका शिर्ष नेताहरु लागि सिट वाँफाँडाको लागि परेको बताए ।
धनकुटाका उपाध्यक्ष गोपाल लिम्वुको अध्यक्षतामा सम्पनन पत्रकार भेटघाट कार्यक्रममा केन्द्रिय सल्लाहकार समिति सदस्य हेमकर्ण तुम्सा, केन्द्रिय निर्वाचन परिचालन समिति सदस्य धर्म चाम्लिङ, केन्द्रिय सदस्यहरु सुमित्रा राई, सरकुमारी आठपहरिया, प्रदेश कमिटी सदस्य उपेन्द्र लावती, राष्ट्रिय भूमि आयोग धनकुटा जिल्ला अध्यक्ष बलबहादुर राई, सचिव डम्बर कट्वाल लगायतको उपस्थिति रहेको थियो ।