पथरी। मोरङको पथरीशनिश्चरे नगरपालिकामा हात्तीपाइले रोग विरुद्ध औषधि फागुन २८ गतेदेखि सबै वडामा खुवाइने भएको छ ।

नगरपालिकाले आइतबार नगरमा पत्रकारहरुसँगको अन्तरक्र्रिया गर्दै हात्तीपाइले रोग विरुद्ध औषधि सबै वडामा खुवाइने जानकारी गराएको हो । कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना बिष्ट बास्तोलाले सम्पूर्ण नगरबासीलाई औषधि खान अनुरोध गरेका छन् । कार्यक्रममा नगर प्रमुख राईले हरेकलाई औषधि खान प्रोत्साहनको साथ प्रचारमा गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।

उपप्रमुख यमुना बिष्ट बास्तोलाले हात्तीपाइले विरुद्धको औषधि खुवाउन कर्मचारीहरु पनि जिम्मेवारी पूर्बक लाग्नुपर्ने बताए । हरेक नगरबासीलाई औषधि खुवाउन जनप्रतिनिधिहरु लागि पर्ने र सञ्चारकर्मीहरुले प्रचार प्रचारमा लाग्न उपप्रमुख बिष्ट बास्तोलाले आग्रह गरिन् । कार्यक्रममा नगरको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको समेत उपस्थिति रहेको थियो ।

हात्तीपाइले धागो जस्तो परजीवि लामखुट्टेको माध्यमबाट सर्ने रोग हो । यो परजीवि मानिसको शरिरमा २० बर्षसम्म बाँच्न सक्ने र यो रोग लागेमा खुट्ट तथा पुरुषको अण्डा कोष सुन्निले लगायतको लक्षण देखा पर्ने नगरका स्वास्थ्यकर्मी जगत मगरले बताए । यो रोगउन्मुलनका लागि नेपालमा सन् २००३ मा पर्सा जिल्लाबाट सुरु भएको थियो । मोरङमा २०१२ देखि निरन्तर औषधि खुवाइन्दै आएको छ ।

नेपालमा २०३० सम्ममा उन्मुलनको योजनाको साथ लागिरहेको बताइएको छ । गतबर्षको सुनवर्सीको डाइनिया र जहदा गाउँपालिकामा गरिएको सर्वेक्षणबाट मोरङमा २९ प्रतिशत जनसंख्याले औषधि नआएको भेटिएको छ । राष्ट्रिय हात्तिपाइले रोगसम्बन्धी संस्थाले सम्पलका लागि डाइनिया र जहदा गाउँपालिकामा सर्वेक्षण गरेका थिए । ६० प्रतिशतले डरले औषधि नखाएको, ११ प्रतिशतले औषधि बारेमा जानकारी नपाएको र ८ प्रतिशत स्वास्थ्यकर्मीहरु घरघरमा खुवाउन नगएको सर्वेक्षणले देखाएको छ ।

पथरीशनिश्चरे नगरमा गतबर्ष ५० हजार ३ सय १९ लाई औषधि खुवाइएको नगरको स्वास्थ्यकर्मी जगत मगरले बताए । यद्यपि पथरीमा ३ जनामा हात्तीपाइलेको लक्षण देखिएको मगरको भनाइ छ । यो बर्ष ६५ हजार ४९ लाई औषधि खुवाउने लक्ष्य रहेको मगरले जानकारी दिए ।

औषधी ७ दिन भित्रको सुत्केरी, २ बर्ष मुनिका बालबालिका, छारे रोग भएका बिरामी, अस्पताल भर्ना भएका सिकिस्त बिरामीहरु बाहेक दीर्घ रोगिहरुले पनि खान मिल्ने रहेको छ । पथरीशनिश्चरे नगरमा ५ सय २४ जनादीर्घ रोगीहरु रहेको तथ्याङ्क छ । वडावडामा पुगेर हप्ता दिनसम्म खुवाइने, नसकीय समय अझ बढाइने पथरी नगर अस्पतालले जनाएको छ ।