विराटनगर । मोरङ कारागारका चौकीदार अभिषेक गिरीले पूर्वाञ्चल बालश्रममा रहेका बालबालिकाहरुलाई स्टेशनरी र खेलकुदको सामाग्री वितरण गरेका छन् । गिरीले शुक्रबार विराटनगरमा रहेको पूर्वाञ्चल बालश्रमका बालबालिकाहरुलाई स्टेशनरी र खेलकुदको सामाग्री वितरण गरेका हुन् ।

सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर बालश्रमका बालबालिकाहरुलाई अध्ययनमा आवश्यक पर्ने स्टेशनरीको सामाग्री र छुटी भएपछि आश्रममा रमइलोको लागि खेलकुदको सामाग्रीहरु प्रदान गरेको उनले बताए ।

चौकीदार गिरीले यसअिघ पनि मोरङ कारागारमा अक्सिजन सिलिण्डर सहयोग गरेको थिए । तेस्रो लहरको कोरोना संक्रमण बढन थालेपछि कारागारमा अक्सिजनको कमी हुन नदिन उनले १० लिटरको दुई थान अक्सिजन सिलिण्डर बितरण गरेका थिए ।

मोरङ कारागारको चौकीदार भएर गिरी आएपछि सामाजिक कार्यहरु पनि गर्दै आएका छन् । उनले यसअघि विराटनगरमा रहेको विराटेश्वर वृद्धाश्रमका रहेका ज्येष्ठ नागरिकहरुलाई सहयोग पनि गरेका थिए ।