झापामा लागूऔषध ब्राउन सुगरसहित बुद्धशान्ती गाउँपालिका ३ स्थित बुधबारे चौकबाट  ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बेलुकी साढे ७ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगर १० ग्राम २० मिलि ग्राम र गाँजा ११ ग्राम ५० मिलि ग्रामसहित  पाँचथर फिदिम नगरपालिका २ का २३ बर्षीय युरास ईवा लिम्बु, पाँचथर याङवरक गाउँपालिका २ बेतेनी घर भई हाल झापा अर्जुनधारा नगरपालिका ११ बस्ने २५ बर्षीय उमेश बि.क. र इलाम कोल्बुङ गाउँपालिका २ कुटि डाडा का २३ बर्षीय सुलभ गुरुङलाई पक्राउ गरेकाे  उक्त कार्यालयले जनाएकाे छ ।

 पक्राउ परेका तिनै जना उपर इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेकोउक्त कार्यालयले जनाएकाे छ ।