मोरङ । रतुवामाई नगरपालिका ३ छालगाछीस्थितबाट प्रहरीले ९४ तोला चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय धर्बेन्द्र शर्मा रहेका छन् । मङ्गलबार बेलुका ७ः३० बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको तार बनाई ल्याएको ९४ तोला चाँदीसहित पक्राउ गरेको हो ।
पक्राउ परेका शर्मालाई चाँदीसहित आवश्यक कारबाहीका लागि मुल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।