धामी बसी झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गर्ने एकजनालाइ प्रहरीले पक्राउ परेका छन् ।
इलाम देउमाई नगरपालिका ५ बारुङ मंगलबार बिहान ६ बजे कहिलेकाही बेहाेस हुने बिरामी रहेका श्रीमती र छोरीको झारफुक गर्ने क्रममा घाटी तथा शरिरको बिभिन्न भागमा टोक्दा उनिहरुको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएकाे छ ।
कार्यालयका अनुसार घटनाकाे जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट प्रहरी टोली खटि गई ३३ बर्षीय कमल तामाङलाई नियन्त्रणमा लिएको हो ।
घटनाबारेमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएकाे छ ।