इटहरी । इटहरीमा बाल विवाह गरेको अभियोगमा बेहुलाबेहुलीसहित ४ जनालाई बाल विवाह मुद्दा चलाइएको छ ।
इटहरी-२ स्थित हवाई चौकमा १७ वर्षीय बालिकाको सन्दिप रसाइलीसँग बाल विवाह गरेको अभियोगमा बेहुला सन्दिप, बेहुली बेहुलाको बुबा कालुबहादुर रसाइली र बेहुलीको आमा सेविका दर्नाललाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीले ४ जनालाई असोज २५ गते विवाह मण्डपबाट पक्राउ गरेको हो । ४ जना उपर सुनसरी जिल्ला अदालतबाट बाल विवाह मुद्दामा दिन ५ म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।