उदयपुरमा  ५३ किलो गाँजा सहित  एक जना पक्राउ परेका छन् । 

कटारी नगरपालिका ६ स्थित भोर्ले जंगलबाट ५३ किलो गाँजासहित नगरपालिकाकाे ९ नम्बर वडा सोरुमछबिसेका २० बर्षीय प्रेम परियार पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ । कार्यालयका अनुसार आज बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई जंगलमा बोरामा गाँजा बोकी हिडिरहेको अबस्थामा फेला परेको थियो ।

पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।