बालबालिकालाई प्रलोभनमा पारी  अप्राकृतिक मैथुन तथा यौनजन्य गतिविधि गर्ने विदेशी नागरिक पक्राउ परेका छन् । 

पोखरा महानगरपालिका ६ लेक साइडमा नाबालक बालबालिकालाई ललाई फकाई, डर त्रास, धाक धम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधि गर्दै भन्ने  सूचनाका आधारमा पुगेको प्रहरी टोलीले शनिबार   ४४ वर्षीय क्यानेडियन नागरिक  रोबर्ट किन्कलेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  

कार्यालयका अनुसार घटना स्थलमा पुगेको प्रहरी टोलीले रोबर्टलाई  ३ जना बालकहरूलाई साथमा राखी  यौनजन्य गतिविधि गर्दै गरेको अवस्थामा फेला पारेको थियो । 

पक्राउ परेका  क्यानेडियन नागरिकमाथि जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी  थप अनुसन्धान भइरहेको  कार्यालयले जनाएको छ ।