६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरमा उक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा  सप्तरी सप्तकोशी नगरपालिका १ फत्तेपुर खोरिया टोल घर भइ त्रियुगा नगरपालिका ८ साईखोला बस्ने  २० वर्षीय दिलु रोक्का रहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।

कार्यालयका अनुसार शनिबार साँझ रोक्काले ती बालिकालाई  जबरजस्ती करणी गरेको भन्ने सुचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो । 

पक्रउ परेका रोक्का माथी थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाएकाे छ ।