इटहरी उपमहानगरपालिका ६ मा एक एकल महिलाकाे श्रीमानकाे नाममा रहेकाे २ कराेड बढीकाे जग्गा अर्कैकाे नाममा पास गराइदिएकाे अभियाेगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१६ घर भई हाल इटहरी उपमहानगरपालिका ८ मा बस्ने ४३ बर्षीय भक्त बहादुर राई रहेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
कार्यालयका अनुसार ६१ बर्षीया ती एकल महिलालाई महिलाको श्रीमानको नाममा रहेको करिब २ करोड ३६ लाख ९८ हजार बराबरको घर जग्गा पास गराई दिन्छू भनी अर्के ब्यक्तिको नाममा पास गराई रकम ठगी गरेको भन्ने जाहेरीका आधारमा राईलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका राई माथी ठगी मुद्धा अन्तरगत कारबाही तथा थप अनुसन्धान भईरहेको कार्यालयले जनाएकाे छ ।