कोसी ब्यारेजबाट नदीमा मानिस हामफालेको आशङ्कामा खोजी कार्या हुँदै ।  ब्यारेजको १३ नम्बर गेट नजिकै को ३६ प ९२५५ नम्बरको मोटरसाइकलमा आएका एक व्यक्ति नदीमा हामफालेको आशङ्कामा खोजी कार्य भइरहेको असाइ तारा चुँडालले बताएका छन् ।

उनले भने ' मोटरसाइकल, चप्पल र पर्स भेटिएको छ । ५८ वर्षका तिलक प्रसाद दाहाल नाम गरेको परिचय कार्य पनि फेला परेको छ । १३ नम्बर गेटमा आएर परिवारलाई फोन गरेर नदीमा हामफाल्न लागेको जानकारी गराएको भन्ने सूचना आएको छ ।   '

उनका अनुसार उक्त सूचना पाएसँगै १३ नम्बर गेटमा आएर हेर्दा मोटरसाइकल चप्पल र पर्स फेलापरेपछि अहिले बोटको सहायताले प्रहरीले नदीमा खोजी गरीरहेको छ । नदीमा हामफालेका भनिका मानिस इटहरीको हुनसक्ने बताइएको छ ।