झापा र सुनसरीमा लागू औषध  खैराे हेराेईन ( ब्राउनसुगर) सहित ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 

पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका १९ का २६ वर्षीय खगेन्द्र नेपाली, सुनसरी धरान उपमहानगरपालिका ८ का ३५ वर्षीय बिमल भुजेल र मोरङ कानेपोखरी गाउँपालिका ४ का २६ वर्षीय नारायण मगर रहेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएकाे छ । 

कार्यालयका अनुसार बिहिबार बेलुका साढे ५ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालीलाई मेचीनगर नगरपालिका ६ स्थित मेची पुलबाट ब्राउन सुगर ७ ग्राम सहित पक्राउ गरेको हो ।

यसै गरी हिजै सोही समयमा अस्ताइ प्रहरी पोस्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले भुजेल र मगरलाई धरान उपमहानगरपालिका ८ अटल पम्प कम्पाउन्ड भित्रबाट ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भइरहेको कार्यालयले जनाएकाे छ ।