स्रोत नखुलेको ८० लाखसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीबाट काठमाडौँ कोटेश्वर बस्ने बागलुङ गल्कोट नगरपालिका १० पाण्डवखानीका ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई बुधबार राति नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
कार्यालयका अनुसार लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उक्त स्थानमा पुग्दा मगरका साथबाट बा ४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख नगद बरामद भएको थियो ।
बरामद नगद र स्कुटरसहित प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा उनको कोठा तलासी गर्दा थप ५० लाख नगद फेला पारेको हो । उनलाई आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको कार्यालयले जनाएको छ ।