झापाको बिर्तामोडमा लागू औषध (खैरो हेरोईन) ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।
मंगलबार राती ७ बजे प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले नगरपालिका ९ स्थित रिद्धी सिद्धी प्लाई फ्याक्ट्री छेउबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित सोही स्थानका ३४ वर्षीय जगदीश ओलीलाई पक्राउ गरेको कार्यालयले जनाएको छ ।
कार्यालयको अनुसार उनको साथबाट प्रहरीले डिजिटल तराजु र ९ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
पक्राउ परेका ओली माथि थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।