मोरङको धनपालथान गाउँपालिका ४ नम्बर वडा स्थित कर्सिया बजारमा रहेको सिटिजन्स बैङ्क इन्टरनेशनलको शाखा कार्यालयमा लुटपाट भएको छ ।  बैंकका सुरक्षाकर्मी माथि गोली प्रहार गरी बैङ्क लुटेको  शाखा प्रमुख एलिना श्रेष्ठले बताएकी छिन् । 

उनका अनुसार   दिउसो करिब ३ बजेर ३० मिनेटमा ३/४ जना हतियारधारी  समूह बैङ्कमा प्रवेश गर्न खोजेपछि अन्दाजी ४० वर्षीय बैङ्कका सुरक्षाकर्मी शीतल कुमालले रोक्ने प्रयास  गर्दा उनीमाथि गोली प्रहार गरी उक्त समुहले बैङ्ककाे काउन्टरमा छिरी लुटपाट गरेको छ । 

गोली लागेका कुमालको विराटनगर स्थित न्युरो अस्पतालमा उपचारका लागी लगिएको छ ।  २ राउन्ड फायर गरेकोमा कुमालकाे पेटमा गाेली लागेको हुनसक्ने श्रेष्ठले बताएकिछिन् ।  अहिले घटना स्थलमा  प्रहरीको टोली पुगी अनुसन्धान गरिरहेको छ । 

घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको छ ।