विराटनगर । विराटनगरस्थित उच्च अदालत बाहिर खुकुरी प्रहार हुँदा एक जना व्यापारीलाई घाइते भएका छन् छन् ।
विराटनगर– ६ रामपुरका २५ वर्षिय बिमल कार्कीले खुकुरी प्रहार गरि काँभ्रेका व्यापारी कामनसिंह लामालाई आइतबार दिउँसो घाइते भएका हुन् । घाइते भएका व्यापारी काँभ्रेका इट्टाभट्टा संचालक रहेको बुझिएको छ । घाइते भएका लामाको उपचार विराट नर्सिङ होममा भइरहेको छ ।
खुकुरी प्रहार गर्ने कार्कीलाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । ‘अदालत बाहिर खुकुरी प्रहार भएको रहेको छ,’ उनले भने, ‘घटनामा संलग्नलाई हामीले पक्राउ गरिसकेको छौं ।’ कार्कीले के कारणले खुकुरी प्रहार गरे त्यो खुलिकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप जानकारी केही बेरमा आउनेछ ।