क्यारितास नेपालले इटहरी अस्पताललाई पाँच लाख ८२ हजार बराबरको विभिन्न स्वास्थ्य समाग्री प्रदान गरेको छ । 

इटहरी अस्पतालमा आयोजित एक कार्यक्रमका विच क्यारिटास नेपाल प्रदेश प्रमुख देवेन्द्र पोखरेलले इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमलाई ११ प्रकारका स्वास्थ्य समाग्री प्रदान गरेका छन् ।

 क्यारितासले १० थान सेमि फोल्टिड वेड र म्याट्रेस,१० पिस ब्यालाङ्गकेट, २ सय थान एन नाइन्टिन माक्स, सय प्याकेट सर्जिकल माक्स,सय थान पिपिइ सेट, ७८ वोत्तल सेनिटाइजर, २० प्याकेट सर्जिकल ग्लोब्स, १ सय ५० वटा एन्टिजेन टेष्टिङ्ग किट, २० वटा पल्स अक्सिमिटर,पोर्टेवल सुक्सन मेसिन र सात वटा नेवुलाइजर मेसिन प्रदान गरेको हो । 

उपप्रमुख लक्ष्मी गौतमले क्यारिटासको सहयोबाट इटहरी अस्पताल र इटहरी आइसोलेसनको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुग्ने बताउदै धन्यावाद ज्ञापन गरिन् । इटहरी अस्पतालका मेसु डा. योगेश चेम्जोडले इटहरी अस्पतालको सेवा विस्तार भइरहेको अवस्थामा स्वास्थ्य समाग्रीले निक्कै सहयोग पुग्ने बताइन् । 

क्यारिटास नेपालका देवेन्द्र पोखरेलले क्यारिटास विपदका वेलामा स्थानीय सरकार सँगसँगै रहेको बताए । उनले कोभिडसँग जुध्न ११ जिल्लामा १० करोड वरावरको स्वास्थ्य समाग्री सहयोग गरेको जानकारी दिए ।