धरान । मादक पदार्थ सेवन गरी खोला तर्ने क्रममा मोरङको केराबारी गाउँपालिकामा एक युवाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर सरोज खनालका अनुसार मृत्यु हुनेमा केराबारी गाउँपालिका–१० का ३८ वर्षीय धनबहादुर निरौलाको ज्यान गएको हो । खदम खोला तर्ने क्रममा सोमबार अपरान्ह ४ बजेतिर ज्यान गएको इन्स्पेक्टर खनालले बताए । सामूहिक रूपमा खोला तरिरहेको भए पनि अत्यधिक मापासे गरेका कारण शरीर नियन्त्रण नहुँदा बाढीले बगाएको थियो । 

निरौलाको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।