धरान : प्रहरीको स्कुटर चोरी गर्ने एक युवालाई धरान प्रहरीले अभ्रद व्यवहारको मुद्दा दर्ता गरेको बुझिएको छ ।
धरानमा कार्यरत प्रहरी मनि गिरीको टिभिएस कम्पनीको स्कुटर चोरी गर्ने धरानका युवालाई प्रहरीले चोरीको मुद्दा दर्ता गर्नुपर्ने तर, अभ्रद व्यवहारको मुद्दा दर्ता गरेको बुझिएको छ ।
मनिले प्रयोग गर्ने को ३७ ख ९७६२ को स्कुटर चोरी भएको हो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर यस विषयमा कुरा गर्दा बोल्न चाहेनन्।
पक्राउ परेका युवाले पार्किङमा राखेको प्रहरीको स्कुटर चोरी गरेका हुन् भने आइतबार राति मोटरसाइकल घिसार्दै लाने क्रममा युवा पक्राउ परेको स्रोतले जनाएको छ ।