बिर्तामोड । झापाको अर्जुनधारा–६ मा एक महिलाको शव फेला परेको छ । अघिल्लो साँझ श्रीमानसँग सामान्य झगडापछि बाहिर निस्किएकी सावित्रा खड्का विश्वकर्माको शव सोही स्थानको बिहानी टोलमा फेला परेको हो ।
खुदुनाबारी घर भएका विश्वकर्मा परिवार लामो समयदेखि त्यस स्थानमा बसोबास गर्दै आएको स्थानीयले बताएका छन् । सामान्य घर झगडा भएपछि उनी बाहिर निस्किएको उनका पति नारायण विश्वकर्माले बताएका छन् ।
घरबाट निस्केपछि आफूले खोजी गर्दा पनि फेला नपारेको उनले बताएका छन् । हातमा पैसा बोकेको अवस्थामा अन्दाजी ४० वर्षीया सावित्राको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले मृतकका पति नारायणलाई नियन्त्रणमा लिएको जनाएको छ ।