मोरङ । उर्लाबारी नगरपालिका १ स्थित झारासादीका २० बर्षीय उमेश धिमाललाई प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको छ ।

हिजो राती १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा धिमाल सुत्ने कोठाबाट प्रतिबन्धित औषधी Tramadol - ५७५ ट्याब्लेट र Spaspain - ५७० ट्याब्लेट बरामद गरे पश्चात उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएकाे छ ।