भोजपुरमा श्रीमतीको हत्या गरेपछि आफैैं पनि आत्महत्या गरेको फेला परेको छ । 

भोजपुर षडानन्द नगरपालिका –९ तालखर्कका ४० वर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आफूले पनि झुन्डिएर आत्म हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

आज बिहानको राति साढे १ बजे राईले आफ्नै श्रीमती २८ वर्षीया ईन्द्रकलालाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरी आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै ८ वर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए । घटनाको बारेमा जानकारी पाउना साथ स्थानीयवासी गई हेर्दा ईन्द्रकला राईको मृत्यु भइसकेको थियो । हत्या गर्ने श्रीमान्लाई खोजतलास गर्दा झुन्डिएको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरी जानकारी गराएका थिए ।

घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । घटनास्थालमा इलाका प्रहरी कार्यालय साङपाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्याङबाट प्रहरी पुगेको थियो ।